अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सुरक्षाका लागि एमालेलाई भोट : अध्यक्ष ओली

राष्ट्रिय सुरक्षाका लागि एमालेलाई भोट : अध्यक्ष ओली



कालीकोट- नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले राष्ट्यि सुरक्षा, नेपाल र नेपालीको रक्षाका लागि एमालेलाई भोट दिन आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले कालीकोटको रास्कोटमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गदै अध्यक्ष ओलीले नेपाली भुमिको सुरक्षा, दुर्गमका नागरिकको जिवन स्तरमा सुधार ल्याउन, दिगो बिकास गर्न र वाडीचुढी देश लुट्ने समुहबाट नेपाललाई मुक्त गराउनका लागि एमालेलाई जिताउन आग्रह गर्नु भएको हो ।
पुर्व प्रधानमन्त्री ओलीले एमाले नेतृत्वको सरकारले देशमा गरेको बिकास, निमार्ण, सबै नेपालीको आयमा बृद्धी र चाईना संगको पारवहानले नेपाललाई गति दिन थालेपछि प्रतिक्रियावादीहरुले एमाले बिरुद्ध षडेयान्त्र गरेको खुलासा गर्नुभयो । एमालेका बिरुद्ध धेरै भ्रम र्सजना गरे, पटक पटक एमाले र सिङगो कम्युनिष््ट आन्दोलनका बिरुद्ध षडेयान्त्र गरे, नयाँ केसर सिहं जस्ता पात्र जन्मे उ बेला दरवार र अहिले भारत र काग्रेसका घरमा पाहुना लागेर आफ्नो घर भाँडेको बताउनुभयो । दुई तिहाई नजिकको कम्युनिष्ट सरकारलाई ढाल्न प्रतिक्रान्तीको रुप देखा परेको र प्रचण्ड माधव नेपाल प्रतिक्रियावादीको योजना अनुसार अगाडी वढेको आम जनतालाई जानकारी भएकोले कालीकोटका नागरिकले पनि मनन गर्न अनुरोध गर्नुभयो ।
मंङसीर चार एक अवसर भएको भन्दै त्यो अवसर प्राप्त गर्न कालीकोटका नागरिकलाई सुर्य चिन्हमा मतदात गर्न भन्नुभयो । अध्यक्ष ओलीले अदालतको बलवाट धम्की चम्कीबाट बनेको सरकारले मन्त्रीको संख्यामा बृद्धी, प्रदेश सरकारमा सात मन्त्रीवाट १७ मन्त्री बनाएर देशको आर्थिक सखाप पारेको स्मरण गराउदै यसरी मिलिजुली देख लुट्नेलाई परास्त गर्न अपिल गर्नुभयो । अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनको एउटै घोषणापत्र छैन, साँझा घोषणा पत्र समेत बनाउन सकेका छैनन । आ आफ्नै घोषणा पत्र बनाएका छन । कसको घोषणा पत्र लागु गर्छन भन्दै प्रश्न गर्नुभयो । कुन मान्छेले लेखेको घोषणापत्र लागु हुन्छ केही जानकारी छैन । हामीले २०७४ को चुनावमा पार्टी एकता गर्ने मनसायले प्रचण्डलाई ल्याएको भएपनि उनि आफै भागेर बनेको नेकपालाई खारेज गरेर काग्रेससंग आत्मसर्मपण गर्न गएको दावी गर्नुभयो ।
जनतालाई भ्रममा पारेर फेरी पनि सत्तामा जान चाहेको कुरा स्पष्ट पार्नुभयो । देश बनाउने हुन भने एकै घोषणापत्र हुनु पर्छकी पदैन भन्दै प्रश्न गर्नुभयो । सत्ता गठबन्धन चुनावी तालमेल गरेपनि घोषणापत्र भने अलग अलग बनाएको कालीकोटका नागरिकलाई जानकारी गराउनुभयो । देशसंगै कालीकोटमा एमालेको वहुमत छ । जनता साथमा रहेका छन । समृद्ध नेपाल र सुखि नेपाली बनाउन एमालेमा मतदान गर्न आग्रह गर्नुभयो । देश बिग्रन नदिन एमालेलाई मतदान गर्न अनुरोध गर्नुभयो ।

जनतालाई बिकास चाहिएको हो मन्त्री होइन
सम्बोधनकै क्रममा अध्यक्ष ओलीले जनतालाई मन्त्री भन्दा पनि बिकास चाहिएको बताउनुभयो । उहाँले माओवादी अध्यक्ष प्रचण्ड प्रति लक्षित गदै सबैलाई मन्त्री बनाउछु भन्नु भ्रम सृजना मात्र भएको भन्दै मन्त्री संख्या कति हुन्छ र छनोटको तरिका के हो भनेर समेत नवुझेकाले मन्त्री कसरी कसलाइ कसरी बनाउछन हो भन्दै प्रश्न गर्नुभयो ।
प्रमादेशी सरकारलाई परास्त गरेर देशको बिकासका लागि एमाले सरकार बनाएर दुर्गम, गाउँ वस्तीमा वजेट पठाउने एमाले मात्र भएको सुनाउनुभयो । जनतालाई मन्त्री होईन, बिकास चाहिएको हो, खानेपानी, सडक, अस्पताल र राम्रो शिक्षा आर्जन गर्ने शिक्षालय चाहिएको भन्दै मन्त्रीको आसपासन दिनेका पछि नलाग्न सुझाव दिनुभयो । तपाइहरुले छानेर पठाएको मान्छेलाई कसरी मन्त्री बनाउने २५ भन्दा वढी मन्त्री बनाउन पाईदैन रामवहादुर हरिवहादुरलाई मन्त्री बनाउछु भन्नु कतिको सत्य छ । दुर्गमका आवाज सुन्न दुर्गमका मान्छेको प्रतिनिधित्व अनिवार्य भएको ओलीले सुनाउनुभयो ।
अध्यक्ष ओलीले आफु मन्त्री वाड्दै नहिडेको भन्दै एमालेको सरकार बनाउन जनताको माग सम्बोधन गर्न देशका बिभिन्न ठाउँमा पुगेको जानकारी गराउनुभयो ।