अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सयौं स्याल मिले पनि सिंहको शिकार गर्न सक्दैन : अध्यक्ष ओली

सयौं स्याल मिले पनि सिंहको शिकार गर्न सक्दैन : अध्यक्ष ओली


सुर्खेत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाभिमान जगाउने पार्टी एमालेमा मात्रै भएको बताउनु भएको छ ।

आज सुर्खेतको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशी-विदेशी शक्ति मिलेर एमाले हराउन गठबन्धन गरेको आरोप लगाउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘देशी-विदेशी शक्ति मिलेर एमालेका विरुद्ध गठबन्धन र षड्यन्त्र गरिरहेका छन् । एमालेलाई घेराबन्दी गर्न खोजिरहेका छन् । तर, मैले भन्ने गरेको छु- सयवटा स्यालले पनि एउटा सिंहलाई घेराबन्दी गर्न सक्दैन ।’

गठबन्धनको कुनै लक्ष्य नभएको अध्यक्ष ओलीले टिप्पणी गर्नुभयो । एउटै घोषणापत्र ल्याउन नसक्नेले देशको विकास गर्छु भन्ने भ्रममा नपर्न ओलीको आग्रह थियो । गठबन्धन दलले छुट्टाछुट्टै कार्यक्रम ल्याएर जनतामा भ्रम फैलाउन खोजेको जिकिर गर्नुभयो।

उहाँले आगामी निर्वाचनमा राष्ट्रवादी शक्ति एमालेलाई विजयी गराउन आग्रह गर्नुभयो । गठबन्धन स्वार्थहरूको जोडजाड भएको भन्दै ओलीले उम्मेदवारसमेत उठाउन नसक्ने दलले देश हाँक्न नसक्ने बताउनु भयो ।