अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीलाई सुगम बनाउनु छ : अध्यक्ष ओली

कर्णालीलाई सुगम बनाउनु छ : अध्यक्ष ओली


कर्णाली – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकटता सुगमतामा बनाउनु पर्ने बताउनुभएको छ। एमालेले कालीकोटको रास्कोटमा आयोजना गरेको चुनावीसभालाई आइतबार सम्बोधन गर्दै उहाँले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई पक्की बनाई सुगम बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो।

‘सडक त पुगेको छ, पक्की सडक बनाउनु छ, विकटता छ’, उहाँले भन्नुभयो, ‘यसलाई सुगम गर्न जरुरी छ । सुगम बनाउन सजिलो पनि छैन ।’ अध्यक्ष ओलीले कर्णालीका विकासको खाका एमाले पार्टीले कोरेको बताउनुभयो ।

‘हामीले देश विकासका लागि सुरुङ बनाउन, स्वास्थ्य क्षेत्रमा विकास, पूर्वाधार क्षेत्रमा विकासको सुरुआत गरेका छौँ’, उहाँले भन्नुभयो, ‘यी डाँडाकाँडाहरूमा सधैँ रोजगारी पाउने र आम्दानीको स्रोत बढाउने गरी विकास गर्न आवश्यक छ ।’

अब केही दिनपछि चुनाव आउँदैछ भन्दै अध्यक्ष ओलीले निर्वाचनले यो देश कता जाने भन्नेबारे फैसला गर्ने बताउनुभयो । ‘यो देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान माथि उठाउने र स्वाधीन बनाउने मौका आएको छ’, उहाँले भन्नुभयो ।