अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परमादेशी सरकारलाई हटाउन एमालेसँग तालमेल गरेका हौं : अध्यक्ष एकनाथ ढकाल

परमादेशी सरकारलाई हटाउन एमालेसँग तालमेल गरेका हौं : अध्यक्ष एकनाथ ढकाल


कैलाली-नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्रि एकनाथ ढकालले अगामी निर्वाचनपछि  अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ ।  

आइतबार नेकपा एमाले तथा नेपाल परिवार दल सुदूरपश्चिमले धनगढीमा संयुक्त आयोजना गरेको उम्मेदवारसँग भेटघाट तथा  अन्तरक्रिया कार्यक्रममा बोल्दै ढकालले न्यायप्रेमी नेपाली जनताले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गर्दै परमादेश गलत भएको प्रमाणित गर्ने जिकिर गर्नुभयो । सूर्यमा मत माग्दै देश व्यापी अभियानमा हिँडेका ढकालले जनतामा ओली  प्यास रहेको आफूले पाएको बताउँदै मङ्सिर ४ गते जनताको उक्त प्यास मेटिने जिकिर गर्नुभयो।  

‘देशमा अहिले परमादेशबाट बनेको गठबन्धनको सरकार छ । नेपाली जनताको संवृद्धि, प्रगति नचाहने देशीविदेशी तत्त्वहरूसँगको मिलेमतोमा अपारदर्शी र अलोकतान्त्रिक तरिकाले  सरकारलाई बर्खास्त गर्नु आपत्तिजनक भन्दै नेता ढकालले  संसदबाट प्रधानमन्त्री बन्ने संवैधानिक मान्यताको विपरीत अदालती  परमादेशबाट प्रधानमन्त्री नियुक्तिको गलत पद्धति र नजिर सच्याउन मङ्सिर ४ गते जनताले सही फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो।   

 परमादेशी सरकारलाई हटाउन र  समृद्ध नेपाल सुखी, नेपालीको नारा साकार पार्न एमालेसँग चुनावी तालमेल गर्नुको विकल्प नरहेको उहाँको भनाई थियो । सूर्य चिन्हबाटै प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार समेत रहेका ढकालले परिवार दलले  सुदूरपश्चिमको विकासको लागि एमालेसँग मिलेर काम गर्ने बताए।  

 उक्त कार्यक्रम नेपाल परिवार दलका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम संयोजक खडक सिंह नागरिको सभापतित्वमा र अध्यक्ष ढकालको प्रमुख आतिथ्यमा र  कैलाली क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी रानाको विशेष उपस्थितिमा सम्पन्न भयो।  भेलामा बोल्दै नेता रानाले  मंसिर-४ पछि नेपाली जनताको आफ्नै  सरकार वा ओली सरकार बन्ने र जसले मुलुकलाई संमृद्विको दिशातिर लाने दाबी गर्दै मंसिर ४ पछि जनताको अनुहारमा खुसी ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   कार्यक्रममा कैलाली ५ ख का उम्मेदवार दुर्गा प्रसाद जोशी, परिवार दलका केन्द्रीय सदस्य अधिवक्ता दयाराम कँडेल, केन्द्रीय सदस्य निर्मला श्रेष्ठले आ-आफ्नो मन्तव्य राख्दै सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे। कार्यक्रमका सभापति खडक नागरिले सुदूरपश्चिम प्रदेशबाट सूर्य चिन्हमा बिस हजार मत खसाल्ने दाबी गर्दै  सुदूरपश्चिमका सबै जिल्लामा परिवार दलले एमालेलाई सघाउने बताए।  

एमालेका  तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार राना, प्रदेश सभा ५  (क)का उम्मेदवार नेपालु चौधरी  र  प्रदेश सभा ५  (ख) का उम्मेदवार दुर्गा प्रसाद जोशी, प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार धर्म  राज पाठक, नेपाल परिवार दलका केन्द्रीय सदस्यहरू विष्णु बि।क , निर्मला श्रेष्ठ , जितेन्द्र श्रेष्ठ, धर्म रोकाया,सुशील लामिछाने, पिस फोर्स नेपालका केन्द्रीय अध्यक्ष रविन्द्र चौलागाईं, परिवार दल कञ्चनपुर जिल्ला अध्यक्ष विशाल चौधरी, अनेरास्ववियु सुदूरपश्चिम संयोजक  मनोज राई, नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेशका सबै  जिल्लाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । अध्यक्ष ढकालको स्वागतमा स्थानीय संस्कृति झल्कने झाकीहरु प्रस्तुत गरिएको थियो।  कार्यक्रम लगतै आयोजित पत्रकार सम्मेलनमा पनि अध्यक्ष ढकालले ओलीको प्रशंसा गर्दै समसामयिक राजनीतिमा ओलीको तुलना अरु कोही हुन नसक्ने दाबी गर्दै उहाँलाई जनताले निर्विकल्प पुनस प्रधानमन्त्री बनाउने ठोकुवा गर्नुभयो।