अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखा गठबन्धनमा निरन्तर पहिरोः कांग्रेस वडा कमिटी नै एमालेमा प्रवेश

दोलखा गठबन्धनमा निरन्तर पहिरोः कांग्रेस वडा कमिटी नै एमालेमा प्रवेश


दोलखा – दोलखा जिल्लामा गठबन्धन गरेका दलहरुबीचमा असन्तुष्टी झांगिदै गएको छ । यसै क्रममा गठबन्धनमा आफूहरुको अवमुल्यन गरिएको भन्दै गौरीशंकर गाउँपालिकाको वडा नम्बर ८ खारेमा नेपाली कांग्रेसको सिङ्गो कमिटि  नै नेकपा एमालेमा प्रवेश गरेको छ । वडा सभापति टिका गुरुङको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता सोमबार एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमालेले खारेमा आयोजना गरेको चुनावी कार्यक्रममा कांग्रेस पार्टीप्रति असन्तुष्ट जनाउँदै कांग्रेस नेताहरु कृष्णबहादुर तामाङ, वडा सदस्यको उम्मेदवार तक्त बहादुर तामाङ, पुराना कांग्रेस नेता बाबु काजी गुरुङ, मिन बहादुर तामाङ, तरुण दलका वडा सभापति विकास गुरुङ, तरुण दलको वडा सदस्य वितेस पाख्रीन, पदम मगर लगायतका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसले गरेको अन्याय र अत्याचार कै कारण एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन् ।

नवप्रवेशीहरूलाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटी, नेकपा एमालेका पोलिटव्युरो सदस्य पार्वत गुरुङ लगायतले खादा माला लगाएर स्वागत गर्नुभएको थियो ।

गौरीशंकर गाउँपालिकामा गठबन्धनमा निरन्तर पहिरो गइरहेको छ । यसअघि पालिकाको ७ नं साविक मार्वु गाविसको सिंगो गाउँ कमिटी एमालेमा प्रवेश भइसकेको छ । यसका कारण एमाले उम्मेद्वारहरु भारी मतको अन्तरमा विजयी हुने निश्चित भएको छ ।