सिन्धुली – नेकपा एमाले अध्यक्ष केपी ओलीले देशमा विभिन्न स्वार्थी समूहको गठबन्धन रहेको भन्दै चुनावपछि एउटा बलियो शक्ति आवश्यक रहेको बताउनु भएको छ ।
सिन्धुलीमा आज आयोजित चुनावी सभामा सम्बोधन गर्नुहुँदै सुदृढ राष्ट्रिय शक्ति चाहिएको अध्यक्ष ओलीले बताउनुभयो । सधैं तानातान र स्वार्थी समूहको अखडा नचाहिएको बताउनुभयो । ओलीले त्यस्तो शक्ति एमाले रहेको उहाँको दाबी थियो ।
बालबालिका, छात्रा, वृद्धवृद्धा सबैका लागि एमाले नै चाहिएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिनावारी महिला तथा किशोरीलाई स्यानेटरी प्याड निःशुल्क दिने व्यवस्था हामीले घोषणापत्रमा उल्लेख गरेका छौं । यस्तो व्यवस्था कसैले पनि हटाउन सक्दैन ।’

अध्यक्ष ओलीले मंसिर ४ पछि एमाले सरकार बन्ने दाबी गर्नुभयो । उहाँले शहिद ऋषिराज देवकोटाको विषयमा प्रकाश पार्नुभयो। ऋषिराजका छोरा सुवास देवकोटा सिन्धुली १ (ख) बाट उम्मेदवार हुनुहुन्छ ।
अध्यक्ष ओलीले सिन्धुली १ का एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप कटुवाल र सिन्धुली २ का मनोजजंग थापाका लागि भोट माग्नुभएको थियो ।






प्रतिक्रिया