काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले जनताको काम गरेर नै नेपालीहरुको मनमा बस्न सफल भएको बताउनु भएको छ ।
आज काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचार-प्रसारका क्रममा घरदैलो अभियानमा सहभागी हुनुभएका उहाँले नेकपा एमाले जनताको काम गरेर नै उचाईमा पुगेको बताउनुभएको हो । उहाँले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको बताउनु भयो ।

नेता पोखरेलले यसपटक मतदाताहरुले विगतको भन्दा र सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया दिइरहेको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले आम नागरिकहरु नेकपा एमालेप्रतिको सद्भाव र विश्वासमा ढुक्क रहेकाले आसन्न निर्वाचन नेकपा एमालेले जित्ने दाबी गर्नुभयो ।
उहाँले नेकपा एमाले विचार, संगठन, नेतृत्व, जनताको काम गर्ने हिसावले संगठित र समर्पित रहेको बताउनु भयो । जनताको काम गरेर एमालेले बनाएको उचाईलाई नेपालका अन्य कुनै पार्टीले प्राप्त गर्न नसकेको बताउनु भयो ।






प्रतिक्रिया