अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मतदान केन्द्रमा क्यामेरा, मोबाइल, सलाई र लाइटर लैजान नपाइने

मतदान केन्द्रमा क्यामेरा, मोबाइल, सलाई र लाइटर लैजान नपाइने


काठमाडौं – निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने निर्णय गरेको छ।

मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामेरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउन आयोगले आह्वान गरेको छ ।

‘सलाई, लाइटर, क्यामेरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश बिन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्र बाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिइने छ,’ आयोगको निर्णयमा भनिएको छ ।

क्यामेरा वा मोबाइल आफ्नो स्थानमा साथमा लगेर मत संकेत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल जफत गरिने आयोगले जनाएको छ ।