अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ-३ का जसपा उम्मेदवार विश्वकर्मा एमालेमा प्रवेश

काठमाडौँ-३ का जसपा उम्मेदवार विश्वकर्मा एमालेमा प्रवेश


काठमाडौँ – जनता समाजवादी पार्टीका बागमती प्रदेश इन्चार्ज मोहन कुमार विश्वकर्मा एमाले प्रवेश गर्नुभएको छ । जसपाका तर्फबाट काठमाडौँ-३ का उम्मेदवारसमेत रहनुभएका विश्वकर्मा आफ्नो उम्मेदवारी स्थगित गर्दै एमालेमा प्रवेश गर्नुभएको हो ।

विश्वकर्मा जसपाको राजनीतिक विभागको पोलिटब्युारो सदस्य समेत हुनुहुन्थ्यो । विश्वकर्मा आफ्ना सम्पूर्ण समर्थक तथा शुभचिन्तकसहित एमाले प्रवेश गर्नुभएको हो ।

विश्वकर्माले एमाले प्रवेश गर्नुहुँदै यस क्षेत्रमा रहेका सम्पूर्ण समर्थक तथा शुभचिन्तक र मतदाताहरूलाई सूर्यमा मतदान गरी नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने महाअभियानमा सरिक हुन आह्वान गर्नुभयो । यो क्षेत्रमा नेकपा एमालेबाट कृष्ण राई उम्मेदवार हुनुहुन्छ ।