अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विकासको अभियान बढाउन एमाले चाहिन्छ : अध्यक्ष ओली

विकासको अभियान बढाउन एमाले चाहिन्छ : अध्यक्ष ओली


ललितपुर – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकासको अभियानका लागि एमाले चाहिने बताउनुभएको छ ।

आज गोदावरी नगरपलिका-८ छम्पीमा पुगेर यहाँका मतदातालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘वास्तविक लोकतन्त्रको रक्षा, विकासका लागि लोकतन्त्र, जनताका जीवनमा सकारात्मक परिवर्तन ल्याउन र देशलाई अगाडि बढाउनका लागि नेकपा एमाले चाहिन्छ । विगतमा हामीले व्यवहारबाट हेरिसकेका छौँ एमालेले कसरी काम गर्छ भनेर ।’

उम्मेदवारलाई सफलताको शुभकामना दिँदै उहाँले देशलाई सही बाटोमा फर्काउने अवसर आएको बताउनुभएको हो। देशव्यापी निर्वाचन अभियानको क्रममा दौडाहामा रहनुभएका ओली आज ललितपुरको क्षेत्र-१ को छम्पी र क्षेत्र-३ को भैँसेपाटी पुगेर आफ्ना उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएको हो । नेकपा एमालेबाट प्रतिनिधिसभाका लागि ललितपुर क्षेत्र-१ मा नवराज सिल्वाल र ३ मा अमृत खड्का उम्मेदवार हुनुहुन्छ ।