अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यो चुनाव सामान्य चुनाव होइन : अध्यक्ष ओली

यो चुनाव सामान्य चुनाव होइन : अध्यक्ष ओली


भक्तपुर – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई सामान्य चुनावको रुपमा लिन नहुने बताउनुभएको छ ।

एमाले भक्तपुर क्षेत्र-२ ‘१’ प्रदेशसभा निर्वाचन परिचालन कमिटीले आज आयोजना यहाँ गरेको चुनावी सभामा उहाँले मङ्सिर ४ को चुनावलाई बहुदलीय व्यवस्थामा जस्तो आइरहने चुनाव नभई देशले जित्ने कि हार्ने भन्ने चुनावको रुपमा लिनुपर्ने बताउनुभएको हो।

ओलीले भन्नुभयो, ‘अब निर्वाचनले पाँच वर्षसम्म स्थायित्व हुने सरकार निर्माण गर्ने चुनाव हो, यो चुनावले दह्रो राष्ट्रिय शक्ति निर्माण गर्ने चुनाव हो ।” उहाँले आफ्ना कार्यकर्तालाई मत रक्षा गर्न, मत विस्तार गर्न र अत्यधिक मतले आफ्ना उम्मेदवारलाई विजयी सुनिश्चित गर्न निर्देशन दिनुभयो । कार्यक्रममा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले विगत पाँच वर्षमा भएका विकास देशकै नमूना भएको भन्दै बाँकी विकासका काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।