झापा – झापामा बसको ठक्करबाट एक दम्पतीको मृत्यु भएको छ।
मंगलबार दिउँसो बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका ६ का ५२ वर्षीय नरेन्द्र मैनाली र मोटरसाइकलको पछाडी सवार उनकी श्रीमती ५० वर्षीया सीतादेवी मैनालीको मृत्यु भएको हो।
पूर्वपश्चिम लोकमार्ग अन्तरगत झापा कन्काई नगरपालिका ७ दुर्गापुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको झापाका प्रहरी नायव उपरीक्षक बहन्त पाठकले जानकारी दिनुभयो ।
बस चालक मोरङको सुन्दरहरैचा नगरपालिका ६ का ४० वर्षीय भुपाल देवानलाई प्रहरीले पक्राउ गरेको छ।





प्रतिक्रिया