काठमाडौं-नेपाल र यूएईबीच बुधबार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट हुँदा नेपाल यूएईसँगको हारको शृखंला टुङ्गाउने योजनामा हुनेछ ।
नेपालले यूएईलाई पराजित गर्न नसकेको तीन वर्ष भन्दा बढी भइसकेको छ । सन् २०१९ जनवरी/फेब्रुअरीमा यूएई भ्रमणमै नेपालले पछिल्लो पटक यूएईलाई टी-२० आई र ओडीआई दुवैमा पराजित गरेको थियो । त्यसयता नेपालले यूएईलाई दुवै फर्म्याटमा पराजित गर्न सकेको छैन । ओडीआईमा नेपाल यूएईसँग निरन्तर पराजित भइरहेको छ भने नेपालको टी-२० विश्वकप खेल्ने सपना पनि यूएईले नै खोसेको थियो ।
यूएई नेपालको लागि परिचित प्रतिद्वन्द्वी नै हो । नेपालले पनि यूएईलाई धेरै पटक हराइसकेको छ । तर, सन् २०१८ मा ओडीआई मान्यता पाएपछि भने नेपालका लागि यूएई बलियो चुनौती बन्दै आएको छ ।
प्रतिक्रिया