भोजपुर – भोजपुरको पौवादुङमा गाउँ पालिकाको प्याउलीमा भएको सत्ता गठबन्धनको चुनावी सभा चलिरहेको बेला बम विस्फोट भएको छ ।
सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि बम पड्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
उक्त सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता रामशरण महत जाने कार्यक्रम छ । मोरङ, खोटाङलगायत ठाउँमा पनि जाने कार्यक्रम भएकाले प्रचण्ड कार्यक्रमस्थल पुगिसकेका छैनन् ।





प्रतिक्रिया