अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बाहेक अरू दलले देश विकाश गर्नै सक्दैन: अध्यक्ष ओली

एमाले बाहेक अरू दलले देश विकाश गर्नै सक्दैन: अध्यक्ष ओली


विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि एमाले सरकारमा आएपछि नागरिकताको समस्या समाधान हुने बताउनु भएको छ।

अध्यक्ष ओलीले सुनसरीमा भएको चुनावी सभामा सम्बोधन गर्दै एमालेले नेपालीलाई नागरिकता दिनलाई नछेकेको तर विदेशीलाई नागरिकता दिन भने एमालेले रोक्ने बताउनु भयो।

सुनसरीमा भएको चुनावी सभामा बोल्दै एमालेको सरकार आएपछि नागरिकताको समस्या एक वर्षमा समाधान गर्ने बताउनु भयो । अहिले एमालेलाई नागरिकता विरोधीको पार्टी जस्तो बनाइएको तर यथार्थमा एमाले नागरिकता समस्या समाधान गर्न लागेको बताउनु भयो । हिजोको आजै विदेशीलाई नागरिकता दिने कुरामा एमालेको बिरोध रहने बताउनु भयो ।

अध्यक्ष ओलीले अहिले नागरिकताबारे तमासा भइरहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकता दिने अभियान नै सुरु गर्ने बताउनु भयो । उहाँले जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने ऐन एक महिनाभित्र बनाएर अंगिकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिइने आश्वासन दिनुभयो ।

अध्यक्ष ओलीले नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भन्नेमा अहिले विवाद नभएर विदेशीलाई दिनुपर्छ भन्नेसँग भइरहेको बताउनु भयो । त्यस्तै, उहाँले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका विजयकुमार गच्छादार मतदाताको मन जितेर नभइ मतपत्र लुटेर चुनाव जित्दै आएको आरोप लगाउनु भयो ।

गच्छदार यसपटक चुनाव जितेर गएपनि संसद्‌ भवन छिर्न नपाउने भन्दै ओलीले आफ्नो मत खेर नफाल्न मतदातालाई आग्रह गर्नुभयो । गच्छदारमाथि भ्रष्टाचार मुद्दा लागेको र निलम्बित व्यक्ति भएकाले उहाँको प्रतिस्पर्धी एमालेका उम्मेदवार भगवती चौधरीलाई जिताउन ओलीले आग्रहसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले कांग्रेसले चुनावी घोषणापत्रमा अरु कुरा गर्छन् हामी काम गर्छौ भनेर लेखेको भन्दै एउटा राम्रो काम गरेको देखाउन चुनौती दिनुभयो । उहाँले एमाले बाहेक अरु दलहरुले देश विकास गर्न नसक्ने भन्दै एउटा सुदृढ राष्ट्रिय शक्ति निर्माण गर्न एमालेलाई जिताउनुपर्ने बताउनुभयो ।