अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते

पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते


पर्वत – पर्वतमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बेनीवाट मल्लाज माझफाँट जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जीप जलजला गाउँपालिका २ मल्लाजमा दुर्घटना भएको हो ।

दुर्घटनामा जीपका चालक ३७ वर्षीय डम्बरबहादुर दमैको मृत्यु भएको पर्वत जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि पोखरा लगिएको छ भने अरुको म्याग्दीको बेनी अस्पतालमा उपचार हुँदै गरेको प्रहरीले जनाएको छ ।