अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घरदैलोमा दिनुभएको अपार माया मतमा बदलिदिनुहोस : डा.सूर्य पाठक

घरदैलोमा दिनुभएको अपार माया मतमा बदलिदिनुहोस : डा.सूर्य पाठक


बागलुङ -बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेद्वार उम्मेदवार डा. सूर्य पाठकले आइतबार हुने निर्वाचनमा आफूलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल गर्नुभएको छ । बुधबार एक अपील जारी गर्दै पाठकले जनताका घरदैलो चहार्दा उत्साहजनक प्रतिक्रिया पाएको भन्दै त्यो उत्साहलाई मतमा बदलेर आफूलाई अत्यधिक बहुमतका साथ विजयी गराउन आग्रह गर्नुभएको हो ।
उहाँले संसदको रुपमा अघिल्लो कार्यकालमा निर्वाचित भएपछि क्षेत्र नम्बर १ का लागि विभिन्न काम गरेको र अब गर्न बाँकी कामहरुलाई पनि निर्वाचित भएपछि गति दिइने प्रतिबद्धता जनाउनुभएको छ । ‘गत संसदको कार्यकालमा भएको पहल स्वरुप धौलागिरी अस्पतालमा आईसीयु र असिक्जन प्लान्ट स्थापना, वलेवा विमानस्थल कालोपत्र सम्पन्न, बाग्लुङ कुश्मीशेरा बरेङ शान्तिपुर सडकका बिभिन्न खण्डमा कालोपत्रको काम सुरु, क्षेत्रीय चक्रपथ हुँदै भैरवस्थान सडक कालोपत्र आरम्भ, कालीगण्डकी करिडोर बाग्लुङ खण्ड कालोपत्रको प्रक्रिया सुरु, अदालत चौपारी, भकुण्डे, रायडाँडा, सडक स्तरोन्नतीको काम सुरु, प्रसिद्ध भैरवस्थान जाने सडक कालोपत्र, संसारकै लामो झोलुङे पुल निर्माण लगायत ५५ वटा विद्यालय भवनको पुनःनिर्माण, ६ वटा स्वास्थ्य चौकीका नयाँ भवन निर्माणमा १५ करोड सहयोग र विभिन्न खानेपानी तथा पूर्वधारका काम शुरु भएका छन्’, उहाँले भन्नुभयो ‘गाउँपालिका र नगरपालिका केन्द्रित १० शैया र १५ शैयाको अस्पताल निर्माणको प्रक्रिया अगाडि बढेको छ। यी विकास निमार्णको सुरुवात मात्र हो ।’

गाउँगाउँमा विकासका लागि केही पूर्वधार तयार भइसकेको भन्दै अहिले शुरु भएका विकास निमार्णका कामलाई पूर्णता दिन तथा समृद्ध बाग्लुङको सपनालाई साकार पार्न एमालेको जित अनिवार्य रहेको उहाँको भनाइ छ ।
निर्वाचन जितेपछि पनि आफू आम बागलुङबासी जनतासँगै हुने पाठकको प्रतिबद्धता छ । जनस्तरबाट पनि सोही सुझाव आएकाले त्यही अनुसार अघि बढ्ने उहाँको भनाइ छ ।

‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई पुरा गर्ने अठोट र ५ वर्षमा गरिछाड्ने २० ग्यारेन्टीका साथ एमाले निर्वाचनमा होमिएको पनि उनले आम जनसमुदायमा स्मरण गराएका छन् । ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र, दिगो आर्थिक विकास, भूमिको वैज्ञानिक व्यवस्थापन, कृषि, सहकारी औद्योगीकरणमार्फत अर्थतन्त्रमा रुपान्तरण, पर्यटन प्रवद्र्धन, सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धदेखि स्थानीय सरोकारमा जनताका यावत समस्या समाधानका लागि नेकपा एमालेको जित अनिवार्य छ’, उनको भनाइ छ ।

पाठकले बागलुङ १ मा निर्वाचन प्रक्रिया शुरु भएदेखिनै लगातार जनताको घरआँगनमा पुगेर जनमत लिने र सुझाव संकलन गरिएको बताउँदै भनेका छन्, ‘गत निर्वाचनमा जस्तै बाग्लुङ क्षेत्र नम्बर १ का जनताले मेरो पुनः उम्मेवारीलाई उत्साहजनक रुपमा लिएको पाउदा निकै खुशी लागेको छ ।’

पाठकले राजनीतिमा युवा सहभागिता हुनुपर्छ भन्ने आफ्नो मत रहेको पनि बताएका छन् । ‘हिजो नेताहरुले परिवर्तनका लागि र व्यवस्था बदल्ने कुरामा योगदान गर्नुभयो, त्यसमा हाम्रो उच्च सम्मान छ । तर, आजको आवश्यकता र आजको समाजले सामना गरेको चुनौतीलाई उहाँहरुले सम्बोधन गर्न सक्नुहुन्न’, पाठकको भनाइ छ, ‘त्यही कारणले नयाँ पुस्तामा जानुसपर्छ भन्ने हो । अहिलेको समाजले गतिशीलता खोजेको छ, भिजन र नयाँपन खोजेको छ ।’

पछिल्लो समय समाजले भोगेका समस्याको अध्ययन, विश्लेषण र निकास दिनसक्ने मान्छे चाहिएको भन्दै उनले ती विषयमा सम्पूर्ण हिसावले आफू जनताको आवाज बन्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।
बागलुङको विकास, समृद्धि र गतिशीलताका लागि आगामी प्रतिनिधिसभाको निर्वाचनमा सूर्यचिन्हमा मतदान गरी आफूलाई विजयी गराउन पाठकले अपीलमा उल्लेख गरेका छन् ।
साथसाथै पाठकले आफ्नो जनप्रतिनिधि चयन गर्ने नैसर्गिक अधिकारलाई स्वतन्त्र र निष्पक्ष रुपमा प्रयोग गर्नको लागि विनारोकतोक मतदान केन्दमा पुगेर सुरक्षित रुपमा आफ्नो मत खसाल्ने वातावरण तयार गर्न पनि सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।
च्बवग