काठमाडौं-पहिलो पटक पश्चिम जर्मनीले विश्वकप आयोजना गरेको थियो । सन् १९७२ मा ओलम्पिकमा भएको म्युनिख आतंकलाई ध्यानमा राख्दै ठूलो सुरक्षा व्यवस्था गरिएको थियो ।
१९७४ को विश्वकप पश्चिम बर्लिनसहित पश्चिम जर्मनीको ९ शहरमा खेल सन्चालन गरिएको थियो । लामो छनोट प्रक्रियालाई इंग्ल्याण्ड, स्पेन, मेक्सिको र पोर्चुगलजस्ता टिमले पार गर्न सकेनन् । पूर्वी जर्मनीले एक पटक मात्र विश्वकप खेलेको थियो भने अष्ट्रेलिया, हेइटी, जायर (हाल डोमिनिक रिपब्लिक अफ कंगो) पहिलो पटक छनोट भएको थियो ।
ब्राजिलको स्वर्णिम पुस्ताले लामो समयदेखि विश्व रंगमञ्चमा छाप छाडेको थियो । उनीहरूसँग फुटबलको आफ्नो साम्बा शैली थियो र लेजेण्डको रुपमा पेले थिए । ब्राजिलको १९७४ टोलीले फरक ब्रान्डको फुटबल खेलेको थियो र यसपछि दर्शकलाई खुशी पार्ने शैलीमा नेदरल्याण्ड्सले ब्राजिललाई प्रतिस्थापित गर्न सफल भयो । योहान क्रुफको नेतृत्वमा, डच टोलीले ‘टोटल फुटबल’ प्रयोग ग¥यो । जहाँ प्रत्येक आउटफिल्ड खेलाडीले आफ्नो पोजिसनबाहेक कुनै पनि भूमिका लिन सक्थे ।
नेदरल्याण्ड्स फाइनलसम्म अपराजित थियो । फाइनलमा उनीहरु साविक युरोपियन च्याम्पियन र आयोजक पश्चिम जर्मनीसँग प्रतिस्पर्धा गरेको थियो ।
कुनै पनि जर्मन खेलाडीले बल छुन नपउँदै क्रुफले पहिलो मिनेटमै पेनाल्टी जिते र त्यसमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । २५औं मिनेटमा पेनाल्टीमार्फत नै जर्मनीले बराबरी गोल फर्कायो । पहिलो हाफ अघि नै गर्ड मुलरले गोल गरे र त्यही गोल जर्मनीलाई दोस्रोपल्ट विश्वकप दिलाउन काफी भयो ।
यो विश्वकपमा नेदरल्याण्ड्सको ‘टोटल फुटबल’ शैलीले दर्शकलाई मोहित बनायो । विश्वकपको नयाँ ट्रफी निर्माण गरियो । फिफा वल्र्ड कप ट्रफी नामको उक्त ट्रफीमा १८ क्यारेट सुन प्रयोग गरिएको थियो ।
ओसियना र सब साहारान अफ्रिकाले विश्वकपमा पहिलो पटक यसै संस्करणबाट प्रतिनिधित्व भयो । पूर्वी र पश्चिम जर्मनीले समूह चरणमै एक अर्काविरुद्ध खेलेका थिए । पूर्वी जर्मनीले खेल १–० ले जितेको थियो । डच महान योहान क्रुफ र जर्मनीका गर्ड मुलरको लागि यो अन्तिम विश्वकप थियो ।
तथ्यांकमा विश्वकप १९७४
आयोजकः पश्चिम जर्मनी
टिमः १६
फम्र्याटः समूह चरण दोस्रो चरण, फाइनल
खेलः ३८
गोलः ९७
विजेताः पश्चिम जर्मनी
उपविजेताः नेदरल्याण्ड्स
गोल्डेन बुटः ग्रेगोर्ज लाटो (पोल्याण्ड)
एजेन्सी
प्रतिक्रिया