अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन बिथोल्ने गतिविधी सैह्य छैन : गृह मन्त्रालय

निर्वाचन बिथोल्ने गतिविधी सैह्य छैन : गृह मन्त्रालय


काठमाडौं – गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा बिथोल्ने गतिविधि सह्य नहुने चेतावनी दिएको छ।
निर्वाचन सुरक्षाबारे जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमार्फत गृह सचिव विनोद प्रकाश सिंहले निर्वाचन बिथोल्ने व्यक्ति समूहलाई कानूनी दायरामा ल्याउने बताउनुभयो।

सिंह्ले भन्नुभयो, ‘कतिपयलाई अहिले हामीले नियन्त्रणमा लिएका छौँ। कुनै पनि किसिमले मतदानलाई असर गर्ने कर्मचारी, मतदाता, उम्मेदवार र मतदान सामग्रीको सुरक्षा क्षति हुने र खतरा हुने कुरालाई सह्य हुँदैन। त्यसलाई हामीले कडा रूपमा नियन्त्रणमा राख्छौँ।’

सिंहले निर्वाचन विरोधी गतिविधि गर्नेहरूलाई नजिकबाट हेरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘सम्भावित व्यक्ति र समूहलाई लिस्टमा राखेर उनीहरूको गतिविधिलाई सूक्ष्म रूपमा हेरिरहेका छौँ। त्यस्तालाई नियन्त्रण गर्न हामी सक्षम छौँ। तल्लो तहसम्म हामीले निर्देशन दिइसकेका छौँ।’