अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘पत्रकारलाई भित्र पस्न नदिनु’ भन्दै प्रधानमन्त्री देउवा स्थिर अवधीमा मतदातालाई पैसा बाँड्दै

‘पत्रकारलाई भित्र पस्न नदिनु’ भन्दै प्रधानमन्त्री देउवा स्थिर अवधीमा मतदातालाई पैसा बाँड्दै


काठमाडौं- पत्रकारलाई भित्र पस्न नदिनु भन्दै डढेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवाले रकम बाँडेको आरोप लागेको छ ।
सामाजिक सञ्जालमा भाइरल भिडियामा देउवा बसेको अमरगढी नगरपालिका स्थित रातो गुराँस रिर्सोट एण्ड होटलमा मान्छेको ठूलो भित्र पसेको देख्न सकिन्छ । उक्त भिडमा एकजनाले ठूलो स्वरमा ‘पत्रकारलाई भित्र पस्न नदिनु,पत्रकारलाई भित्र पस्न नदिनु ’ भनेर पटक पटक दोहोर्याएको सुनिन्छ ।
रिर्सोटभित्र प्रधानमन्त्री एवं डढेलधुराका नेपाली काँग्रेसका उम्मेद्वार शेरबहादुर देउवा बास बस्नु भएको छ । स्थानीयहरुले दिएको जानकारी अनुसार मतदाता नामावलीको नाम हेर्दै त्यहाँ गएका मतदातालाई पाँच पाँच हजार रुपैंया बाँडिएको छ ।
प्रहरी कै सुरक्षाघेरा भित्र निर्वाचन आचार संहित विपरित यतिको भिड लागेपछि डढेलधुराको निर्वाचनको विश्वसनीयता माथी प्रश्न उठेको छ ।

तस्विर साभार : यूनिटी खबर डट कम