काठमाडौं -आफ्ना पार्टीका उम्मेदवार दीपक निरौलाले पैसा नबाँडेको भन्दै एमालेका कार्यकर्ता नाराबाजीमा उत्रिएका छन्।
उनीहरूलाई अहिले प्रहरी प्रभाग बूढानीलकण्ठमा राखिएका आफ्ना साथीहरू निर्दोष गरेको माग गर्दै प्रभाग अगाडि प्रदर्शनमा उत्रिएका हुन्।
यसैगरी प्रहरीले आफूलाई पैसा बाँडेको आरोपमा पक्राउ गरेकोप्रति निरौलाले आपत्ती प्रकट गर्नुभएको छ । निरौलाले आफू क्यान्सर रोगका पिडित तोक्मन लामासँग कुराकानी गरिहेको अवस्थामा अनावश्यक विवाद झिकेर पैसाको विषय निकालेको निरौलाले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।
निरौलाले सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको छ
म क्यान्सर रोग बाट लामो समय देखि बिरामि तोक्मान लामा संग कुरा कानि गरि रहदा अनाबस्यक कुरा निकालि समाज आतडकित पार्ने कार्यनगरेको राम्रो हुन्छ। म राजनैतिक प्राणि हु गैर राजनैतिक काम मेरो आदर्श हैन। मेरो चुनौति छ मित्रहरु आरोप पुस्टी गर्नुस बरामद केहि छ भने सप्रमाण आउनुस।






प्रतिक्रिया