अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्रकले ठक्कर दिंदा बुटवलका पत्रकार एनबि कडेलको मृत्यू

ट्रकले ठक्कर दिंदा बुटवलका पत्रकार एनबि कडेलको मृत्यू


रूपन्देही- रुपन्देहीका पत्रकार एनबी कंडेल नरबहादुर कंडेलको हिजो साँझ ट्रकको ठक्करबाट मृत्युु भएको छ ।
शुक्रबार साँझ तिलोत्तमा नगरपालिका २ जानकीनगरस्थित सिदार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु १ क ५२७६ रेडिमिक्स सिमेन्ट घोल्ने ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार कंडेलको मृत्युु भएको हो ।

रुपन्देही सैनामैना नगरपालिका(१ रानीबगिया निवासी ३६ बर्षीय कंडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रेडिमिक्स सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

डेढ दशकदेखि पत्रकारितामा आबद्ध कंडेल रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादक थिए । श्रीमती, एक छोरा र ५ महिनाको छोरीसहित उनी बुटवलमा बस्दै आएका थिए ।

उनको शव प्रादेशिक अस्पतालमा राखिएको र शनिबार पोष्टमार्टमपछि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।