अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कञ्चनपुरमा कांग्रेस र समाजवादीका कार्यकर्ताबीच कुटाकुट, २ जना घाइते

कञ्चनपुरमा कांग्रेस र समाजवादीका कार्यकर्ताबीच कुटाकुट, २ जना घाइते


कञ्चनपुर-कञ्चनपुरमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको छ। शुक्रबार राति जिल्लाको भीमदत्त नगरपालिका–१ राजिपुरमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको हो।

प्रहरीका अनुसार कुटपिटबाट दुई जना घाइते भएका छन्। ४१ वर्षीय कांग्रेस कार्यकर्ता हिक्मतबहादुर विष्ट र एकीकृत समाजवादीका ६४ वर्षीय रतनबहादुर विष्टबीच कुटाकुट भएको बताइएको छ।

दुबै जनालाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। हिक्मतको टाउकोमा र रतनबहादुरको चिउडोमा चोट लागेको प्रहरीले बताएको छ। यस्तै अहिले उनीहरुलाई उपचारका लागि धनगढी रिफर गरिएको छ। झगडाको कारण भने खुलेको छैन्।