अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली समेत उम्मेद्वार रहेको झापा ५ का मतदान केन्द्रहरुको तयारी पुरा(तस्विरहरु)

एमाले अध्यक्ष ओली समेत उम्मेद्वार रहेको झापा ५ का मतदान केन्द्रहरुको तयारी पुरा(तस्विरहरु)


गौरीगञ्ज- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत उम्मेद्वार रहेको झापा निर्वाचन क्षेत्र नं ५ मा मतदान केन्द्रको तयारी पुरा भएको छ ।
यहाँ ६१ वटा मतदान स्थल र १७६ वटा मतदान केन्द्र रहेका छन् । मतदान केन्द्रका मतदान अधिकृतहरुले जनाए अनुसार अब केही ठाउँमा डोरी टाँग्ने,महिला पुरुष लेखिएको बोर्ड टाग्ने बाहेकका धेरै काम सकिएका छन् । आज साँझसम्ममा सबै काम सकिने मतदान अधिकृतहरुले जनाएका छन् । यस क्षेत्रमा सबभन्दा बढी मतदाता रहेको कमल गाउँपालिकाको मंगलमय माविका मतदान अधिकृत श्रीप्रसाद खरेलका अनुसार यस मतदान केन्द्रमा ६ हजार ३ सय १५ जना मतदाता छन् ।

निर्वाचन अधिकृतको कार्यलयका अनुसार निर्वाचन क्षेत्र नं ५ मा – दमक नगरपालिकाका १० र गौरादह नगरपालिकाका ८ गरी (वडा नं ९ क्षेत्र नं ४ मा पर्दछ) नगरपालिकाका १८ वडा कमल गाउँपालिकाका ७ र गौरीगञ्ज गाउँपालिकाका ३,४,५ र ६( वडा नं १ र २ क्षेत्र नं ४ पर्दछ ) गरी ११ वडा जम्मा २९ वडा पर्दछन् । कुल मतदाता संख्या १ लाख ५४ हजार २ सय ८९ जना छन् । दमकको मतदाता संख्या ६१ हजार २ सय ३१ ,कमलको मतदाता संख्या ३८ हजार ७ सय ३०, गौरादहको मतदाता संख्या ३९ हजार ६ सय ८०, गौरीगञ्जको मतदाता संख्या १४ हजार ६ सय ४८ छ ।

प्रदेशसभा तर्फ मतदाता संख्या प्रदेश ५ (१) गौरादहका ८ वटा वडामा ३९ हजार ६ सय ८० गौरीगञ्जका ३,४,५,६गरी ४ वटा वडामा १४ हजार ६ सय ४८, कमलका १,२,३,४ गरी २० हजार ५ सय ६ प्रदेशसभा ५ (२) तर्फ मतदाता संख्या दमकका १० वटा वडामा ६१ हजार २ सय ३१ कमलका ५,६ र ७ मा १८ हजार २ सय २४ मतदाता छन् ।

(हेर्नुहोस तस्विरमा मतदान स्थलको तयारी)