काठमाडौं-आइतबार बिहान ७ बजेदेखि सुरु भएको आम निर्वाचनमा मत खसाल्न मतदाता उत्साहित भएका छन् । बिहानैदेखि उनीहरु मतदाता परिचयपत्रसहित मत खसाल्नका लागि मतदान केन्द्रमा पुगेका हुन् ।
आइतबार बिहान ७ बजेदेखि सुरु भ्एको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । यस्तै उम्मेदवारहरुले पनि मतदान गरिरहेका छन् । निर्वाचनमा देशभर एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

















प्रतिक्रिया