अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान


भक्तपुर-प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गर्नुभएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । भक्तपुरको दुईवटै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ ।

यसका लागि सबेरैदेखि मतदाता लामबद्ध भएका थिए । जिल्लाका सबै केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।