प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज भइरहेको संसदीय चुनावमा ७० प्रतिशत बढी मत खस्ने बताउनुभएको छ ।
आइतबार बिहान मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्र मत खसालेपछि थपलियाले भन्नुभयो,’७० प्रतिशत बढी मत खस्छ भन्नेमा हामी ढुक्क छौं।’
साँझ ५ बजे मतदान सकिएपछि ७ बजेसम्म मत पेटिका संकलनको काम गर्ने र ८-९ बजेबाट मतगणना सुरू गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
‘सुरूमा प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना हुन्छ । ८ दिनमा सबै नतिजा सार्वजनिक गरिसक्ने योजना छ,’ थपलियाले भन्नुभयो।






प्रतिक्रिया