दाङ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताउनुभएको छ । आइतबार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
महासचिव पोखरेलले राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र सम्बृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने भन्दै बलियो राष्ट्रिय शक्ति यो निर्वाचनबाट एमाले बनेर देश विकास गर्ने बताउनुभयो । उहाँले देशमा बहुमतसहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताउनुभयो ।






प्रतिक्रिया