अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लाका कैदीबन्दीले गरे मतदान

हुम्लाका कैदीबन्दीले गरे मतदान


हुम्ला-हुम्ला कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन् । बिहान ८ः३० बजेदेखि कारागार रहेका कैदीबन्दीले सामानुपातिक उम्मेदवारलाई मतदान गरेका छन् ।

बीस जना कैदीबन्दीमध्ये १५ जनाले मतदाताले आफ्नो मतदान गरेको जिल्ला निर्वाचन हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिनुभयो । पाँच कैदीबन्दीको मतदाता नामावली गाउँमै रहेको उहाँको भनाइ छ ।

कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट कैदीबन्दी कर्मचारीलगायत मतदान गर्ने निर्वाचन अधिकारी रानाको भनाइ छ । यस्तै म्यादी, तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले मतदान गरिरहेका छन् ।