अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थगित भएका ४७ ठाउँमा मतदान सुरु,१६ वटामा बाँकी

स्थगित भएका ४७ ठाउँमा मतदान सुरु,१६ वटामा बाँकी


काठमाडौं- बिहान ७ बजेबाट सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान जारी छ। बेलुकी ५ बजेसम्म हुने मतदानका लागि बिहानैबाट मतदाताहरु लाइनमा बसेर मतदान गरिरहेका छन्।
प्रहरीका अनुसार दिउँसो २ बजेसम्म देशभरमा जम्मा ६३ ठाउँमा मतदान स्थगित भएको थियो। ६३ मध्ये ४७ ठाउँको मतदान पुनः सुचारु भइसकेको प्रहरीले जनाएको छ।
१६ ठाउँमा अझै मतदान सुचारु हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रदेश १ को १३, मधेश प्रदेशको २, बागमती प्रदेशको १३, गण्डकी प्रदेशका ४ स्थानमा, लुम्बिनी ८, कर्णाली ७ र सुदूरपश्चिमका १५ र उपत्यकाको १ स्थानमा मतदान स्थगित भएको थियो।

जसमध्ये, प्रदेश १ को ११ स्थान। मधेश प्रदेशको २, बागमती प्रदेशको १०, गण्डकी प्रदेशको ३, लुम्बिनी प्रदेशको ७, कर्णाली ६, सुदूरपश्चिम ७ र उपत्यकामा १ स्थानमा मतदान सुचारु भइसकेको थियो।