अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा ६६.२० प्रतिशत मत खस्यो

अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा ६६.२० प्रतिशत मत खस्यो


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा -५ मा ६६ दशमलव २० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका प्रेम नेउपानेका अनुसार झापा ५ मा ७६ हजार ६७ पुरुष, ७८ हजार २२० महिला र अन्य २ गरी १ लाख ५४ हजार २८९ मतदाता रहेकोमा ६६ दशमलव २० प्रतिशत अर्थात १ लाख २ हजार १ सय ५० मत खसेको छ ।

झापा ५ मा ६१ मतदान स्थलमा १७६ मतदान केन्द्र रहेको छन् । झापा( ५ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका अध्यक्ष ओली, नेपाली काँग्रेसका डा। खगेन्द्र पाण्डव अधिकारी प्रतिस्पर्धामा छन् । अहिले निर्वाचन अधिकृतको कार्यालय रहेको दमक नगरपालिकामा मतपेटिका सङ्कलनको काम भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

झापा ५ का निर्वाचन अधिकृत डम्बर काफ्लेका अनुसार अहिले दमक नगरपालिकामा मत पेटिका संकलनको काम भइरहेको छ । आजै साँझ ९ बजे मतगणनाका लागि सर्वदलीय बैठक बोलाइएको छ । सर्वलीय बैठकपछि मत गणना आजै सुरु हुने काफ्लेले जानकारी दिनुभयो ।