काठमाडौं- हिजो सम्पन्न संघीय र प्रदेशसभा निर्वाचनको मतगणना ठाउँ ठाउँमा सुरु भएका छन् । कतिपय ठाउँमा अझै पनि मत पेटिका गणना स्थलमा पुर्याउने क्रम जारी छ । कतिपय ठाउँमा मतपेटिका निर्वाचन अधिकृतको कार्यलयमा बुझाउने क्रम जारी छ । अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा ५ मा राती ३.३० बजे मात्र मत पेटिका निर्वाचन अधिकृतको कार्यलयमा बुझाइएको छ । जसले गर्दा राती देखि नै गणना सुरु गर्ने भनिए पनि अहिले विहान ८ बजेबाट सुरु गरिने जनाइएको छ ।






प्रतिक्रिया