भक्तपुर-एमाले नेता महेश बस्नेत उम्मेद्वार भएको क्षेत्र भक्तपुर- २ मा मतगणना सुरु भएको छ। राति १० बजे सुरु भएको सर्वदलीय बैठकपछि राति २ बजे मतगणना सुरु भएको हो।
आइतबार मतदान सकिएपछि नै भक्तपुर- २ को मतपेटिकाहरु संकलन गरिएको थियो। भक्तपुर-२ मतगणना मध्यपुरथिमि नगरपालिकाको बोडेमा रहेको नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भइरहेको छ।
भक्तपुर- २ मा ९१ हजार मतदाता मध्ये ६६ हजार मत खसेको छ ।






प्रतिक्रिया