अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङमा मतगणना तयारी गरिँदै

दाङमा मतगणना तयारी गरिँदै


दाङ-दाङमा साढे दुई लाख बढी मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार चार लाख १४ हजार नौ सय ४६ मतदातामध्ये तीन क्षेत्रमा गरी दुई लाख ५० हजार पाँच सय ४३ मत खसेको हो ।

दाङ क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये ८० हजार सात सय, क्षेत्र नं २ मा एक लाख ३३ हजार सात सय ४८ मतदातामध्ये ७९ हजार चार सय ४६ र क्षेत्र नं ३ मा एक लाख ४६ हजार चारसय ७५ मतदातामध्ये ९० हजार एक सय ५० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकोछ ।

त्यस्तै तुलसीपुर कारागार अस्थायी मतदान केन्द्रमा तीन सय १४ मतदातामध्ये एक सय ३६ मत खसेको छ, भने अस्थायी मतदान केन्द्र घोराहीमा चार सय २८ मतदातामध्ये एक सय ११ जनाले मतदान गरेका छन् ।

यसैबीच जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याई राति अबेरसम्म रुजु गर्ने काम सम्पन्न भएको र केही समयपछि मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दाङ क्षेत्र नं १ को लमही नगरपालिका, क्षेत्र नं २ को जिल्ला समन्वय समितिको हल घोराही र क्षेत्र नं ३ को भू–तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरमा मतगणना हुँदैछ । जिल्लामा प्रतिनिधिसभाका लागि ४३ उम्मेदवार छन्, भने प्रदेशसभाका लागि ४६ उम्मेदवार छन् ।