अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन–१ मा सर्वदलीय बैठक सुरु

चितवन–१ मा सर्वदलीय बैठक सुरु


चितवन-चितवन निर्वाचन क्षेत्र नम्बर–१ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । सो क्षेत्रका मतपेटिका जम्मा भएपछि रुजु गरेर सर्वदलीय बैठक बसेको हो ।

सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु हुने एमाले उम्मेदवार समेत रहेका सुरेन्द्र पाण्डेको निजी सचिवालयले जनाएको छ ।

चितवन–१ मा प्रतिनिधिसभातर्फ एमालेका सुरेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, कांग्रसका विश्वनाथ पौडेल लगायत उम्मेदवार रहेका छन् ।