अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुस्ताङ अपडेट : कांग्रेसका उम्मेदवारको अग्रता कायम

मुस्ताङ अपडेट : कांग्रेसका उम्मेदवारको अग्रता कायम


मुस्ताङ-प्रतिनिधि सभा तर्फ मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ । पछिल्लो प्राप्त विवरण अनुसार ३ हजार ७ सय ७९ मतगणना भएको छ ।

कांग्रेस योगेश गौचन थकालीले २०३५ मत प्राप्त गर्दा एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार सुदेश गुरुङले ४१ मत प्राप्त गरेका छन् । बदर मतको संख्या ४० मत छ ।

अहिले लोमान्थाङ, मराङ, चिमाङ, लेते, छोसेर, सौरु, मार्फा, चराङ र फल्याक मतदान केन्द्रको गणना भइसकेको छ। मुस्ताङमा १०९५७ जना मतदाता रहेकोमा ७ हजार २३० मत खसेको थियो।