अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरको तीनवटै क्षेत्रमा एमालेको अग्रता

ललितपुरको तीनवटै क्षेत्रमा एमालेको अग्रता


ललितपुर-ललितपुरको तीन वटै निर्वाचन क्षेत्रमा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ ।

ललितपुर–१ मा नवराज सिलवालले अग्रता लिनुभएको छ । सिलवालले ६६७ मत पाउँदा नेपाली कांग्रेसका उदयशमशेर जबराले ४०१ मत पाउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले ९३ मत पाउनुभएको छ ।

ललितपुर–२ मा एमालेकै प्रेमबहादुर महर्जनको अग्रता छ । महर्जनले १,३१७ मत पाउनुभएको छ । हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०९७ मत ल्याउँदा राप्रपाका बुद्धरत्न महर्जनले ७९० मत पाउनुभएको छ ।

ललितपुर–३ मा पनि एमालेकै अग्रता छ । एमालेका अमृत खड्काले अग्रता कायम गर्नुभएको छ । उहाँले ७५७ मत ल्याउनुभएको छ । स्वतन्त्र राष्ट्रिय पार्टीका उम्मेदवार तोसिमा कार्कीले २८६ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार पम्फा भुसालले १०९ मत पाउनु भएको छ ।