प्युठान-प्युठानमा सर्वदलीय बैठक जारी भएकाले बैठक सकिएलगतै मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत देवीप्रसाद योगीले बताए ।
‘अहिले हामी सर्वदलीय बैठकमा छौ । अबको २०/२५ मिनेटमा बैठक सकिन्छ त्यसपछि मत गणना सुरु गर्छौ ।’ प्युठानको मत गणना खलंगाको जिल्ला समन्वय समितिको भवनमा हुने भएको छ ।
यहाँबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र एमालेबाट सूर्यबहादुर थापा क्षेत्री उम्मेदवार छन् ।







प्रतिक्रिया