काठमाडौं-प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेले गठबन्धनलाई पछि पार्दै अग्रता लिएको छ । हिजो भएको निर्वाचनअनुसार एमालेले १० मध्ये ६ ठाउँमा अग्रता लिएको छ ।
प्रारम्भिक नतिजाले सत्ता गठबन्धनलाई धक्का लाग्ने देखिएको छ । गठबन्धनको घेराबन्दीबीच एमालेले प्रारम्भिक अग्रता बनाइरहेको छ ।
अहिलेसम्मको अवस्था हेर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय राजनीतिमा उदाउन सक्ने देखिएको छ। निर्वाचन आयोगले गरिरहेको मतगणना अनुसार एमालेले अहिलेसम्म ६ स्थानमा अग्रता बनाएको हो।
नेकपा एमालेको अग्रता
१. ललितपुर-१ मा नवराज सिलवाल
२. ललितपुर-२ मा प्रेम बहादुर महर्जन
३. ललितपुर-३ मा अमृत खड्का
४. धनुषा-३ मा जुलीकुमारी महतो
५. झापा-२ मा देवराज घिमिरे
६. बाँके-३, किस्मत कक्षपति






प्रतिक्रिया