झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को मतगणना एक घण्टा अघि सुरु भएको छ ।
दमक नगरपालिकामा सुरु भएको मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तारबार भित्र सुरु गरिएको गणनामा ८ जना कर्मचारी खटिएका छन् । उम्मेद्वारका प्रतिनिधीहरु तारबार बाहिर छन् । निर्वाचन अधिकृत डम्बर काफ्लेका अनुसार सातवटा मतदान केन्द्रको मत गणना सुरु गरिएको छ ।
मतगणना स्थलमा नेकपा एमालेका कार्यकर्ताको उल्लेख्य उपस्थिती छ । अन्य पार्टीका कार्यकर्ता कमै मात्र उपस्थित छन् ।











प्रतिक्रिया