अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घण्टीका फ्यानलाई पहिलो गाँसमा ढुंगा,चितवनको प्रारम्भिक नतिजामा रवि तेस्रो स्थानमा

घण्टीका फ्यानलाई पहिलो गाँसमा ढुंगा,चितवनको प्रारम्भिक नतिजामा रवि तेस्रो स्थानमा


काठमाडौं -घण्टी भनेर चिनिने राष्ट्रिट स्वतन्त्र पार्टीका रवि लामछिानेका फ्यानलाई चितवनमा पहिलो गाँसमा ढुंगा लागेको छ । घण्टीको देशव्यापी माहोल छ भनेर सञ्चारमाध्यमले प्रचार गरेपनि रबिलाई चितवनका जनताले तेस्रोत मत दिएका छन् । प्रारम्भिक नतिजा अनुसार चितवन २ को १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् ।

पोखरेलले ५३, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ५ मत पाएका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।