अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर २ मा एमालेका प्रेमबहादुर महर्जन विजयको नजिक

ललितपुर २ मा एमालेका प्रेमबहादुर महर्जन विजयको नजिक


काठमाडौं -केहीबेर अघिसम्म ललितपुर क्षेत्र नम्बर २ मा ३७ हजार ९ सय १४ मत गणना भएको छ। निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले दिएको जानकारी अनुसार नेकपा एमालेले अग्रता जारी राखेको छ। सूर्य चिन्ह लिएका प्रेमबहादुर महर्जनले १०३०३ मत ल्याउनु भएको छ। यस्तै लौरो चिन्हका सुदिन शाक्यले ७ हजार ८ सय ८४ मत पाएका छन्।

ललितपुर २ मा तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ। उसले ६०६८ मत ल्याएको छ। यसैगरी निवर्तमान सांसद समेत रहेका गठबन्धनका उम्मेदवार कृष्णलाल महर्जनले ६४८६ मत पाउनुभएको छ ।

अब सो क्षेत्रको झण्डै १२ हजार मत मात्र गणना गर्न बाँकी छ।