अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं-४ बाट गगन थापा विजयी

काठमाडौं-४ बाट गगन थापा विजयी


काठमाडौं-नेपाली कांग्रेस महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले काठमाडौं-४ बाट विजयी हुनुभएको छ । एमालेका राजन भट्टराईमाथि हावी हुँदै थापाले सहज जित निकाल्नुभएको हो ।

थापाले २१ हजार २९४ भोट ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५३ मत आएको छ । निर्वाचन आयोगले औपचारिक रुपमा मतगणनाको अन्तिम विवरण सार्वजनिक गरिसकेको छैन । जित निश्चित भएसँगै गगन मतगणनास्थलमा आउनुभएको हो ।

अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराई हराउँदै गगन विजयी हुनुभएको थियो ।