अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोक–१ को अपडेट: एमाले अगाडि

सिन्धुपाल्चोक–१ को अपडेट: एमाले अगाडि


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नौ हजार ९३२ मतगणना हुँदा क्षेत्र नं १ मा नेकपा एमालेका सरेश नेपालले चार हजार १४९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटाले तीन  हजार ७२२ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं १ प्रदेश (१) मा कांग्रेसका मसिना खड्का तीन हजार सात ७१० र एमालेका युद्धविक्रम लामाले तीन हजार ३२४ मत प्राप्त गर्नुभएको छ ।

सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गर्नुभएको छ । जारी मतगणनामा बस्नेतले चार हजार ६१६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले दुई हजार ९३९ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं २ प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका युवराज दुलाल चार हजार ५२९ एमालेका अमानसिं तामाङले दुई हजार ८४४ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिनुभयो ।