अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं-८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी

काठमाडौं-८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी


काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी हुनु भएको छ ।

लौरो चुनाव चिन्हबाट निर्वाचनमा उठेका प्रदेशसभा उम्मेदवार बज्राचार्यले ५ हजार ४६२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार ३ हजार ७११ मत प्राप्त गर्नुभयो ।

कांग्रेसका उम्मेदवारले ३ हजार ६ सय ७० मत ल्याएका छन्। यो क्षेत्रमा हाम्रो नेपाली पार्टीका तर्फबाट प्रतिनिधिसभा सुमन सायमी र राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठबीच प्रतिस्पर्धा चलिरहेको छ।