अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुर-२ मा एमालेका रायमाझीको अग्रता

उदयपुर-२ मा एमालेका रायमाझीको अग्रता


उदयपुर – उदयपुरको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले अग्रता लिनुभएको छ ।

मत परिणाम अनुसार २० हजार ८८६ गणना सम्पन्न हुँदा नेकपा एमालेका रायमाझीले ७ हजार २६० मत पाएका छन्।

निकटतम् प्रतिष्पर्धि गठबन्धनका उमेद्वार नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले ६ हजार ५३ मत पाएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उमेद्वार रामकुमार राईले ४ हजार ६२२ मत पाएका छन्। यस क्षेत्रमा ४४ हजार ८४५ मत खसेको छ ।

रास्वापाका अनिल श्रेष्ठले ४५२ मत पाउँदा राप्रपाका वंशीधर न्यौपानेले २२३ पाएका छन् । त्यसैगरी जसपाका सिद्धान्त राईले २०२ मत पाएका छन् । यस क्षेत्रमा प्रदेश सभाको मतगणना भने सुरु भएको छैन ।