झापा – मंसीर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको झापामा मतगणना जारी छ। प्रदेशसभा सदस्यतर्फको समेत दुईवटा निर्वाचन क्षेत्रमा झापामा मतगणना भइरहेको छ । जसअनुसार झापा–१ (१) को मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङले चार हजार ८१० मत प्राप्त गर्दै अग्रता लिनुभएको छ ।
त्यस्तै नेकपा एमालेमा उम्मेदवार रबिन कोइरालाले चार हजार ६० मत प्राप्त गर्दै दोस्रे स्थानमा हुनुहुन्छ। त्यस्तै प्रदेशसभा २ मा नेकपा माओवादी केन्द्रका श्यामवीर लिम्बूले दुई हजार ९६८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार सविना बजगाइँले दुई हजार ६९७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै झापा क्षेत्र नं ३ (१) कांग्रेसका उम्मेदवार भूमिप्रसाद राजवंशीले अग्रता लिनुभएको छ । उहाँले दुई हजार ८३४ मत प्राप्त गर्दा सूर्य चिह्नमा वसन्तकुमार बानियाँले दुई हजार ६२९ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (२) मा नेकपा एमालेका उम्मेदवाार छवि चुडालले अग्रता लिनुभएको छ । उहाँले दुई हजार १२१ मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवार पूर्णसिंह राजवंशीले एक हजार २९० मत प्राप्त गर्नुभएको छ। झापा क्षेत्र नं २ र ४ र ५ मा मा प्रदेशसभातर्फ मतगणना सुरु हुन सकेको छैन ।






प्रतिक्रिया