अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देही-३ मा गृहमन्त्री खाँणलाई पछि पारे बोहोराले

रुपन्देही-३ मा गृहमन्त्री खाँणलाई पछि पारे बोहोराले


रुपन्देही – रुपन्देही क्षेत्र नं ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले अग्रता लिनुभएको छ ।

सहायक निर्वाचन अधिकृत शोभाखर खरेलका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ १० हजार ६४० मत गणना हुँदा गृहमन्त्री खाण २५२ मतले पछाडि हुनुहुन्छ । राप्रपाका उम्मेदवार बोहरा चार हजार १७० मतका साथ अगाडि हुनुहुन्छ भने सत्ता गठबन्धनका उम्मेदवार खाण तीन हजार ९१९ मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ ।

प्रदेशसभातर्फ ३ (१) को  मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे तीन हजार ६७ मतका साथ अग्रता लिनुभएको भने जनता समाजवादी पार्टीका महेन्द्र यादव दुई हजार १२८ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । यो क्षेत्रमा अहिलेसम्म ६१३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कूल एक लाख ३२ हजार ७९१ मतदाता रहेको यस क्षेत्रमा १४८ मतदान केन्द्रबाट ९२ हजार नौ सय ७२ मत खसेको थियो ।