अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलाली-३ बाट नागरिक उन्मुक्ति पार्टीले खाता खोल्यो

कैलाली-३ बाट नागरिक उन्मुक्ति पार्टीले खाता खोल्यो


कैलाली – कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी हुनुभएको छ। उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा खाता खोलेको हो ।

नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित हुनुभएको छ । उहाँ सत्ता गठबन्धनका उम्मेदवार हुन् ।

नेकपा एमालेका गौरीशंकर चौधरी भने ९ हजार ८७४ मतसहित तेस्रो स्थानमा हुनुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिरेन्द्र बमले ७ हजार ४७ मत प्राप्त गर्नुभयो ।

कुल ६३ हजार ४४० मत खसेको उक्त क्षेत्रमा ४ हजार २१ मत बदर भएको छ ।