महोत्तरी – मतगणना भएका महोत्तरीमा क्षेत्रहरूमा रोचक प्रतिस्पर्धा देखिएको छ ।
महोत्तरी क्षेत्र-१ मा माओवादीका उपमाहासचिव गिरिराजमणि पोखरेलको चर्चा चलिरहेको बेला उहाँलाई एमालेका लक्ष्मी महतोले पछि पार्नुभएको छ ।
अहिलेसम्मको मतगणनाअनुसार महतोले २ हजार ८३० मत पाउनुभएको छ भने पोखरेलले २ हजार १७१ मत ल्याएर पछ्याइरहनुभएको छ । गौशालाको नगरपालिकाको वडा १ र २ को मतगणना सकिँदा पोखरेल ६४९ मतान्तरले पछाडि पर्नुभएको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापरले पछि पार्नुभएको छ । क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा रहनुभएका उहाँभन्दा कापर १००८ मतले अघि हुनुहुन्छ।
क्षेत्र-४ मा भने मतगणना सुरु भएको छ । औरहीबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।






प्रतिक्रिया